तपाईँ सुन्दै हुनुहुन्छः

न्यायपालिका कहिल्यै पनि आफ्नो कर्तव्यबाट चुक्दैन : प्रधानन्यायाधीश जबरा

फाइल तस्बिर

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाले देश, जनता र संविधानका लागि समर्पित भएर काम गर्दै आएको बताउनुभएको छ ।

नेपाल बार काउन्सिलको २८ औँ स्थापना दिवस तथा काउन्सिलद्वारा प्रकाशित कानून पत्रिकाको आज ललितपुरमा लोकार्पण गर्नुहुँदै प्रधानन्यायाधीश जबराले देश र जनताप्रति अभिप्रेरित भएर न्यायपालिकाले काम गर्दै आएकाले न्यायपालिका कहिल्यै पनि आफ्नो कर्तव्यबाट नचुक्ने बताउनुभयो । 

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको सबलीकरणका लागि न्याय परिषद्को संरचनामा सुधारको आवश्यकता रहेको पनि बताउनुभयो । 

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित समाज निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो । 

कानून मन्त्री कार्कीले न्यायपालिकाले संविधानको रक्षा गर्ने काम गर्दे आएको उल्लेख गर्नुहुँदै देशको हितका निम्ति सबैलाई एक ठाउँमा उभिन आग्रह गर्नुभयो । 

महान्यायाधिवक्ता एवं नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष खम्बबहादुर खातीले न्याय क्षेत्रलाई विश्वसनीय बनाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो । 

त्यस अवसरमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतका वक्ताले संविधानको रक्षकको रुपमा न्यायपालिकाले भूमिका खेल्नुपर्ने र त्यसमा सबैको सकारात्मक सहयोग रहनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button