तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरबाट चोरी भएको मोटरसाइकल रौतहटमा बरामद


बारा । बाराको जीतपुरबाट हराएको मोटरसाइकल रौतहटबाट बरामद भएको छ ।

साउन २० गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थितमा  ड्रिम्स ताज होटेल अगाडि पार्किङ गरिराखेको प्रदेश २–०३–०१६ प ३९३ नं.को २२० सि.सि.को पल्सर चोरी भएको थियो । 

चोरी भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराले खोजी कार्य गर्दै जाँदा रौतहट जिल्लाको विजयपुर भन्ने ठाउँमा बेवारिसे अवस्थामा फेला पारेको हो । 

बरामद मोटरसाइकललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बस्ने मोटरसाइकल धनी प्रदीप गोस्वामीलाई बुझाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button