तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी

काठमाडौँ । आइसिसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् । नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत् रहेको छ ।


ब्याटिङ वरीयतामा कुशल ६० औँ स्थानमा रहेका छन् । यस अघि उनी ६० औँ स्थानमै रहेका थिए । नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता सुधार भएको छ । पारस ९० औँ स्थानमा उक्लिएका छन् । तर, पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।


यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औँ स्थानमा उक्लिएका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औँ स्थानमा रहेका छन् । 


नेपालको टी–ट्वान्टी र एक दिवसीय वरीयता भने यथावत् रहेको छ । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औँ स्थानमा रहेको छ । नेपाल एक दिवसीय वरीयताको १६ औँ स्थानमै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button