मानुषी लघुवित्तको आइपिओमा पहिलो दिन नै झन्डै ६ लाखको आवेदन
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले बुधवारदेखि बिक्रीमा ल्याएको आइपिओ पहिलो दिन नै झन्डै ६ लाख आवेदकले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।
लघुवित्तले बुधवारदेखि जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्