तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिनुभएको छ । 

डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्य न्यायाधिवक्ता डिसीले पनि राजीनामा दिनुभएको हो । 

संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button