तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

आज दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनुभएको थियो ।  उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।

अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । 

सभामुख पूर्णबहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेर मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको छ ।

संविधानको धारा १६८ को (१) बमोजिम एमालेको एकल बहुमतमा शङ्कर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । 

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को (२) बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन बिहीबार दिउँसो (३) बजेसम्मका लागि समय दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button