तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा १ वर्षमा ८ हजार ९ सय ४६ नागरिकता वितरण

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आर्थिक बर्ष २०७७/०७८ मा ८ हजार ९ सय ४६ जनालाई नागरिकता प्रमाण पत्र प्रदान गरेको छ । 

आर्थिक बर्ष २०७६/०७७ मा ७ हजार ५ सय ५ जनालाई प्रदान गरेकोमा आर्थिक बर्ष २०७७÷०७८ मा १ हजार ४ सय ४१ ले बढेर ८ हजार ९ सय ४६ जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । 

आर्थिक बर्ष २०७६÷०७७ मा ८ सय ९० जनाले वैवाहिक, १८ जनाले अङ्गीकृत नागरिकता लिएका थिए भने दुई जनाले नेपाली नागरिकता परित्याग समेत गरेका थिए । 

त्यसैगरी आर्थिक बर्ष २०७७/०७८ मा १ हजार १ सय जनाले वैवाहिक नागरिकता लिएको र ७ जनाले अङ्गीकृत नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । 

यसैगरी, पर्सामा आर्थिक बर्ष २०७७/०७८ मा ७ हजार २ सय ४६ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७७/०७८ मा साधारण सिफारिस तर्फ राहदानी लिनेहरूको सङ्ख्या २ हजार ४ सय ६८ रहेको छ भने द्रुत सिफारिसबाट ७ सय ६६ जनाले राहदानी तथा पासपोर्ट लिएको पौडेलले बताउनुभयो । राहदानीबाट जिल्ला प्रशासन कार्यालयले २० लाख राजस्व समेत सङ्कलन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button