तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले कोरोनाको संक्रमण नियन्त्रण, तराईका विभिन्न भागमा हुने डुबानको समस्याको दीर्घकालीन समाधान, सुकुम्वासी समस्या सधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।   

सांसदहरुले संसद्मा उठेका विषयहरूमा सरकारले चासो दिने र त्यसलाई समाधान गर्न पहल गर्ने काम नगरेको बताउनुभयो । 

सांसद प्रकाश पन्थले अपाङ्गता शब्दको दुरुपयोग भएको भन्दै विशिष्ट व्यक्तिका भाषण लेखनमा समेत सही प्रयोग नभएको तथा संसद्मा समेत सही प्रयोग तर्फ ध्यान पुग्न नसकेको कारण अपाङ्गता भएका व्यक्तिहरूमा त्यसले चोट पुर्‍याएको बताउनुभयो ।  

सांसद कोमल वलीले अहिलेसम्म भएका ठूला–ठूला भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि सरकारसँग माग गर्नुभयो । 

सांसद रामनारायण विडारीले छिटो भन्दा छिटो सुकुम्वासी सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सासंदहरुले तराइमा डुबानका कारण वर्षेनी किसानहरू समस्यामा परिरहेको भन्दै त्यस क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कोरोना बढिरहेको र तेस्रो लहर आउने त्यसले बालबालिकालाई धेरै असर गर्ने भनिए पनि त्यसको रोकथामका लागि सरकारी तयारी नदेखिएको बताउनुभयो ।

बैठकमा सांसदहरुले कक्षा १२ को परीक्षा स्थगित हुँदा विद्यार्थीको भविष्य नै अन्यौलता परेको भन्दै परीक्षालाई छिटो भन्दा छिटो वैकल्पिक विधिबाट भए पनि सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 

राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button