तपाईँ सुन्दै हुनुहुन्छः

भारतको मोतिहारीबाट बाराका दुई बालकको उद्धार

बारा । भारतको मोतिहारी बाल गृहमा रहेका बाराका दुई बालकको उद्धार गरिएको छ ।

गत असार २७ गते दुई जना बालकहरू जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं १ छातवा बस्ने १५ वर्षीय बुधन मुखिया बिन र सोही ठाउँ बस्ने १३ वर्षीय अनिल मुखिया बिन काम गर्न भारतमा जाने क्रममा रक्सौलमा भारतीय प्रहरीले नियन्त्रणमा लिएर बाल श्रमको मुद्दा लगाई बालगृह मोतिहारीमा राखेको थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, र राष्ट्रिय बाल अधिकार परिषद्को सहयोगमा र संरक्षण नेपाल, बाराको सहजिकरणमा दुई बालकलाई अभिभावकको जिम्मा लगाइएको बारा प्रहरीले जनाएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको रोहबरमा जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा अभिभावकलाई जिम्मा लगाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button