तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका सिडिओ आचार्यले अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर दिए नागरिकता

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले अपाङ्गता भएका एक जना युवालाई उहाँकै घर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन् । 

बुधवार सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितको टोलीले उहाँकै घरमा पुगेर नागरिकता दिनुभयो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का प्रलाद मण्डललाई सिडिओ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

स्थानीय शैलेन्द्र कुमार मण्डलका १९ वर्षीय छोरा प्रलाद शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले घरमै पुगेर नागरिकता दिएको उहाँले बताउनुभयो । उहाँ हिँड्न समेत नसक्ने भएको जानकारी पाएपछि उहाँको घरमै पुगेर नागरिकता दिएको सिडिओ आचार्यले बताउनुभयो । 

सिडिओ आचार्यले भने उमेर पुगेपछि नेपाल सरकारले दिँदै आइरहेको अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा सुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले प्रशासन कार्यालयको टोलीले उहाँकै घरमा पुगेर नागरिकता दिएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button