राष्ट्रिय सहमतिका आधारमा एमसिसीको टुङ्गो लगाउँदा राम्रो हुन्छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसिसी) जनताको घर–घरमा पुगेको विषय भएकाले यसलाई के गर्ने भन्ने कुरामा राष्ट्रिय सहमतिमा अगाडी बढ्दा ठिक हुने बताउनुभएको छ ।
संसद् सचिवालय सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै आफूले यस विषयलाई तटस्थ ढङ्गले अध्ययन गरिरहेको र एमसिसी के गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।
सभामुख सापकोटाले संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेको र मन्त्रिपरिषद् विस्तार भएपछि चाँडै नै सर्वदलीय बैठक राखेर थप छलफल गर्ने बताउनुभयो ।
सभामुख सापकोटाले उपसभामुख नियुक्त गर्ने विषयमा कुरा चलाएको र यसका लागि सत्तारूढ पार्टीको भूमिका धेरै हुने स्पष्ट समेत पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्