पोखरामा बिरामीको सङ्ख्या ह्वातै बढ्यो, रगतको अभाव

पोखरा । लकडाउन खुकुलो भएसँगै पोखरामा बिरामीहरूको चाप ह्वातै वृद्धि भएको छ ।
अपतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएसँगै पोखरामा रगतको अभाव हुन थालेको छ ।
नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक संघसस्थाहरुले प्रत्येक महिना विभिन्न रक्तदान कार्यक्रम आयोजना गर्ने पूर्व योजनाहरू कोभिडका कारण प्रभावित बनेको र आकस्मिक रक्तदाता युनिटका नेत्र प्रसाद ढकाल बताउनुहुन्छ ।
कास्कीमा सङ्घ संस्थाहरूबाट हुने नियमित रक्तदान कार्यक्रमहरू नहुँदा रगतको चरम अभाव भएको छ ।
पोखरामा मात्रै दैनिक २०० युनिटभन्दा बढी रगतको माग विभिन्न अस्पतालहरूबाट हुने गरेकोमा बढ्दो कोरोना महामारी तथा रक्तदानमा केही भ्रमका कारण रक्तदानमा कमी भएको रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।
पोखरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रले देशका विभिन्न ठाउँमा समेत रगतको आपूर्ति गर्दै आइरहेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ “रगतको अभावलाई कम गराउन रोटरी क्लब अफ अन्नपूर्ण पोखराले सहयोग गरेको रगत सङ्कलन गर्ने एम्बुलेन्समार्फत गाउँ गाउँ टोल टोलमा एक/ दुई जना भए पनि रगत दिन्छौँ भन्ने समुदाय भेट्टिएमा हामी तत्काल जाने अवस्था छौँ ।”, उहाँले भन्नुभयो, “अहिले रगतको माग निकै बढ्यो हाम्रा कार्यक्रमहरू पनि कोभिडले रोकिए हामी अहिले दैनिक रक्तदान गरेर सङ्कलन गरेको रगत त्यही दिन सकिने अवस्थामा छौँ । ”
एक महिना मात्रै संस्थाले ४० ठाउँमा रक्तदान कार्यक्रम आयोजना गर्ने तालिका थियो तर, समुदाय स्तरमा कोरोनाका बिरामी बढेपछि रक्तदान कार्यक्रम स्थगित भएका छन्, उहाँले भन्नुभयो ।
रेडक्रस जिल्ला शाखाले आफ्ना उपशाखा तथा रेडक्रस सर्कलहरूमार्फत रचनात्मक सन्देश दिने रगतको अभावमा सहयोग पुर्याउन स्वास्थ्य सुरक्षाको पालना गर्दै रक्तदान कार्यक्रमहरू आयोजना गर्न सबैमा अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्