तनहुँमा ५ सय नाघ्यो सक्रिय कोरोना संक्रमित, बजारमा भिडभाड

तनहुँ । दैनिक जिल्लामा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएको छ । तनहुँमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको छ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै ११५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
त्रसित होइन सचेत र जिम्मेवार नागरिक बनेर स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालना गर्नुपर्ने अवस्था देखिएको छ । तर जिल्लामा भिडभाड उस्तै छ । बजार, सरकारी र विभिन्न कार्यालयमा भिडभाड भएको पाइन्छ ।
दमौलीमा पनि ’तपाई मास्क खै ?’ अभियान सुरु
नेपाल मास्क अभियान अन्तर्गत तनहुँको दमौलीमा ’तपाई मास्क खै ?’ अभियान सुरु भएको छ ।
मङ्गलवार स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा ’तपाईँको मास्क खै?’ अभियान सञ्चालन भएको थियो ।

दैनिक हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा न्यूनीकरणको मङ्गलवार दमौलीमा संयुक्त कार्यक्रम आयोजना गरी मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कोरोना भाइरसबाट सुरक्षित रहनका लागी ७ सय जनालाई सुरक्षा मापदण्ड सम्बन्धी जानकारी गराइएको र ५०७ जनालाई मास्क जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्