तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या घट्न सकेन, एकै दिन एक हजार २११ को मृत्यु

साओ पाओलो । ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन् ।

यहाँका अधिकारीकारअनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टाभित्र यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ ।

कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेत गरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ । यहाँका अधिकारीले मङ्गलवार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसै गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा केही महिनाअघि कोभिड–१९का सङ्क्रमित घटेको भए पनि पछिल्ला केही महिनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितमा करिब २६० जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button