तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको कपुरकोटमा होल्डिङ्ग सेन्टर निमार्ण

सल्यान । कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ्ग सेन्टर निमार्ण गरिएको छ ।भारत लगायत तेस्रो मुलुक तथा अन्तर जिल्लाबाट आएका नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्नका लागि होल्डिङ्ग सेन्टर निमार्ण गरिएको हो ।

कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा न ३ स्थित प्रहरी चेक पोस्ट नजिकै भवन निमार्ण गरिएको छ ।सम्भावित कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर होल्डिङ्ग सेन्टर निमार्ण गरिएको गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताउनुभयो । होल्डिङ्ग सेन्टर सञ्चालनका लागि अझै पनि समस्या रहेको बताउँदै यसको व्यवस्थापनमा सबैका साथ र समन्वय आवश्यक रहेको उहाको भनाई छ ।

२५ लाख रुपैयाँको लागतमा भवन निमार्ण गरिएको गाउँपालिकाले जनाएको छ । २० मिटर लम्बाई र साढे ७ मिटर चौडाईको भवन निमार्ण गरिएको गाउँपालिकाका इन्जिनियर भुपेन्द्र ऐरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button