तपाईँ सुन्दै हुनुहुन्छः

खोला पुरानै अवस्थामा फर्काउन प्रयास गर्दै मेलम्ची

सिन्धुपाल्चोक।मेलम्ची तथा ईन्द्रवती खोला पुरानै अवस्थामा फर्काउनका निम्ति मेलम्ची नगरपालिकाले ५ वटा मेसिन प्रयोगमा ल्याएको छ ।

कम्तीमा पनि १० दिन भित्र अन्य भैपरिआउने समस्या नआएमा मेलम्ची बजार आसपास खोला पुरानै धारमा फर्काउन सकिने नगरपालिकाले बिश्वास लिएको नगर प्रमुख डम्बर अर्यालले बताउनुभयो । गएको असार १ र त्यसपछि लगातार रुपमा गएको बाढीले मेलम्चीमा मात्र एक सय ९७ घरमा क्षति पुगेको छ भने १२ सय ८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी भएको छ ।

बाढीका कारण विस्थापित भएका केही टेन्टमा बसिरहेका छन् भने केही भाडामा बसेका छन् ।मेलम्ची र हेलम्बुमा बाढी पहिरोमा परेर २० जना हराइरहेका छन् ६ जना घाइते छन् भने पाँच जनाको ज्यान गएको थियो ।

बाढी पहिरोका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकामा घर ,सडक ,पुल ,खेती ,व्यवसाय गरी करोडौँको क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button