तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धु इन्जिनियरिङ समाजले चनौटेमा तुइन हाल्ने

सिन्धुपाल्चोक । सिन्धु इन्जिनियरिङ समाजले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटेमा तुइन हाल्ने भएको छ । गत साउन १७ गतेको मेलम्ची बाढीले चनौटेस्थित रातो पुल बगाएपछि हेलम्बु क्षेत्रमा आवागमन ठप्प हुँदै आएको छ । मेलम्ची हेलम्बु जोड्ने मुख्य पुल नै बगाए पछि समाजले आवागमन सुचारु गर्न तुइन निर्माण गर्न लागेको हो ।

पुल बगेपछि हेलम्बु जोड्ने वैकल्पिक मार्ग समेत नभएको हुँदा आफूहरूले तत्काल तुइन हाल्न लागेको समाजका अध्यक्ष ई. सञ्जय सापकोटाले बताउनु भयो । १२३ मिटर लामो तुइनको सर्वे सम्पन्न भई डिजाइन भइरहेको अध्यक्ष सापकोटाले जानकारी दिनु भयो ।

तत्कालका लागि तुइन मानवद्वारा सञ्चालित बन्ने र केही समयपछि स्वचालित हुने समाजले जनाएको छ । समाजका सदस्य सन्देश श्रेष्ठका अनुसार तुइन एक हप्ताभित्र जडान हुने छ ।

गत साउन १७ गते मेलम्ची नदीमा फेरि आएको बाढीले चनौटेस्थित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाका ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ र मेलम्ची नगरपालिकाको २ वटा वडाका बासिन्दाहरू प्रभावित हुँदै आइरहेका छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button