तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको कालीमाटी गाउँपालिका – ४ चम्बुताराबाट मिक्स्चर बोकेर कालीमाटी आउँदै गरेको रा १ त ४०४२ नम्बरको ट्याक्टर मङ्गलवार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 दुर्घटनामा परी ट्याक्टर चालक सल्यान कालीमाटी गाउँपालिका –३ कालिमाटीका १९ वर्षीय खुम बहादुर ओली र मिक्स्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । यस्तै ट्याक्टर दुर्घटना हुँदा मिक्स्चर चालक कालीमाटी गाउँपालिका ३ कालिमाटीका जङ्ग बहादुर शिरीष मगर, ट्याक्टर सह–चालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्स्चर हेल्पर कालीमाटी गाउँपालिका ४ का २० वर्षीय खुम बहादुर बस्नेत रहनुभएको छ । घाइते मगर र विकको अवस्था गम्भीर रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएका छ । मिक्स्चर बोकेको ट्याक्टर अनियन्त्रित  हुँदा सडकबाट ५०/६० मिटर तल खसेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button