तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक पर्यटकहरूलाई मास्क वितरण

कञ्चनपुर । महाकाली नदी किनारमा वनेको चार लेनको पक्की सडकमा आज नेपाल मास्क अभियान अन्तरगत मास्क वितरण गरिएको छ । 


भीमदत्तनगरपालीकाको आयोजनामा महाकाली नदी किनारमा निर्माण भएको चार लेनको बाटोमा फोटो खिच्न, टिकटक बनाउन र घुम्न आएका आन्तरिक पर्यटकहरूलाई नगर प्रमुख सुरेन्द्र विष्ट, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र सुरक्षा निकायका प्रमुख लगायतले मास्क वितरण गर्नुभएको छ । 


नेपाल सरकारले साताव्यापी रुपमा मनाइरहेको नेपाल मास्क अभियानलाई सफल पार्न विना मास्क पर्यटकीय स्थलहरूमा घुम्न आएका व्यक्तिहरूलाई मास्क वितरण गरी कोरोना रोकथाम सम्बन्धी जनचेतना फैलाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकार राम प्रसाद पाण्डेले बताउनुभएको छ । 


भीमदत्तनगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले मानिसहरूको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता भएकाले नगर भित्र रहेका सबै जनताको र नगर भित्र घुम्न आउने पर्यटकहरूलाई मास्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 


महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसम्म जानका लागी नदी किनारमा वनेको चार लेनको कालो पत्रै सडकमा पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भएपछि ( भाइरल रोड) हेर्न  जिल्लाका विभिन्न स्थान र जिल्ला बाहिरबाट पनि मानिसहरू फोटो खिच्न,टिकटक बनाउन र घुम्नका लागी आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button