तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन वन कार्यालय बारामा कार्यरत जमदार सर्वोत्कृष्ट कर्मचारीमा छनोट

बारा । डिभिजन वन कार्यालय बारामा कार्यरत जमदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भएका छन् । 

देशभरबाट परेको निवेदनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार बाराका कटुवालले पाएका हुन् । सामुदायिक वन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले १ लाख राशिको ‘गणेश बहादुर शाही’ राष्ट्रिय पुरस्कारबाट कटवाललाई सम्मानित गर्नु भएको हो ।

चोरी तस्करी नियन्त्रण र वन संरक्षणमा राम्रो काम गरेबापत उहाँले यो पुरस्कार पाएका हुन् । गत ४ वर्षदेखि बारामा कार्यरत कटुवालले आफू मातहतमा रहेका १० जना जमदार र २५ जना वन रक्षकलाई चोरी तस्करी नियन्त्रण र वन संरक्षणमा खटाउने गर्दछन् । 

लकडाउन अवधिमा चोरी तस्करी नियन्त्रण तथा अतिक्रमण भएको वनको जग्गा संरक्षण गरी सो क्षेत्रमा वृक्षारोपण गर्न उनको नेतृत्वले ठूलो भूमिका निर्वाह गरेको थियो। लकडाउनमा वनको जग्गा जोगाउन धेरै समस्या मुस्किल भएको कटवाल बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button