तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बारा । सर्पको टोकाइले बारामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा पचरौता नगरपालिका वडा नम्बर ८ छपकहिया निवासी धिरेन्द्र चौधरीको श्रीमती करिब ४५ बर्षीया रामावती देवी चौधरीको निधन भएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । 

मङ्गलवार बिहान २ बजे घरमा नै विषालु सर्पले टोक्दा थप उपचारका लागि कलैया तर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भइसकेको कलैया अस्पतालका डाक्टर गुलमहम्द अंसारीले जानकारी दिनुभयो । 

पछिल्लो समय बारामा विषालु सर्प टोकेर घाइते भएको सङ्ख्या धेरै रहेकोले सतर्कता अपनाउन सबैलाई सचेत भई रातिमा हिँडडुल गर्न समेत आग्रह समेत गर्नुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button