तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा जारी निषेधाज्ञामा भदौ ५ सम्म थप, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बागलुङ । बागलुङमा खुकुलो परिएको निषेधाज्ञा लाई फेरी थप कडाइ गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साउन २८ गते बिहान ५ बजेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा समुदायमा संक्रमण फैलिएको र सक्रिय सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएकोले जिल्लाभर निषेधाज्ञामा कडाइ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो  । निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्मका लागि जारी रहनेछ ।

यसअघि निषेधाज्ञाको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरू र अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ ।

बैठकले खाद्यान्न पसल आइतबार, बुधवार र शुक्रवार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने, लोकसेवा तथा त्रिभुवन विश्व विद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button