मेची नदीले सीमा पिलर बगायो

भद्रपुर, झापा । मेची नदीले एउटा मुख्य सीमा पिलर बगाएको छ । नदीले कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा रहेको ११२ नम्बरको सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेको र नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा सोमबार अपराह्न ४ बजे नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको डिएसपी भण्डारीले बताउनुभयो ।
मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेको उहाँले जानकारी दिनु भयो । नदीले तटीय क्षेत्र कटान गर्नेमा क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको थियो ।
पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ भने पूर्वतर्फ नेपाली बस्ती रहेको । ११२ नम्बरको सीमा पिलरनजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले सुरक्षा दिइरहेको छ । सशस्त्र प्रहरीको पोस्ट पनि बगाउने अवस्था रहेको स्थानीयले बताएका छन् ।
मेची नदीले सीमा पिलर बगायो
रोहित काफ्ले

प्रतिक्रिया राख्नुहोस्