तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौँ । कोरोना महामारी रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको जानकारी गराउनुभयो ।

प्रशासनले बिहीबार बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । निषेधाज्ञामा अन्य निषेध आदेशहरूलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button