तपाईँ सुन्दै हुनुहुन्छः

देवघाट आउने भक्तजनलाई मास्क वितरण

तनहुँ । तनहुँको देवघाटधाममा साउने बोलबम मेलामा पुजापाठ र स्नान गर्न आउने तिर्थालु भक्तजनहरूलाई मास्क वितरण गरिएको छ । देवघाट प्रवेशद्वार पुरानो झोलुङ्गे पुलमा हेल्प डेस्क राखी लायन्स क्लब अफ देवघाटले करिब ५ सय मास्क वितरण गरेको क्लबले जनाएको छ ।

सो मास्क वितरण कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागी देवघाट प्रवेश मुख्य नाका पुरानो झोलुङ्गे पुलमा थप सतर्कता अपनाएको र तिर्थालु भक्तजनहरूलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गरी मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ देवघाटका अध्यक्ष दधिराम सापकोटाले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने दायित्व हामी सबैको रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button