तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा आज ओलीले सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीले पहिलो पटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेला संसद् बैठक कक्षभित्र छिर्नुभएका ओलीले यसबीचमा संसद्को अरू बैठकमा भने सहभागिता जनाउनुभएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button