जसपा निर्वाचन आयोगमा अद्यावधिक
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका ३५ सदस्यीय कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ ।
महन्थ ठाकुरसहितका १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउन गरिएको निर्णयलाई आयोगले अद्यावधिक गरेको हो । यो निर्णयसँगै ठाकुर पक्षका १६ सदस्यीय कार्यकारिणी समितिका सदस्य स्वतः हटेका छन् भने ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ ।
आयोगले यही साउन ११ गते जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिका अद्यावधिक गर्न पत्र आयोगलाई पत्र पठाउनुभएको थियो ।
जसपाको निर्णयलाई आयोगको आज भएको बैठकले अद्यावधिक गरिएको आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्