तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीपरिषद् बैठक सम्पन्न : बढेको तलबमान स्वीकृत

File Photo

काठमाडौँ । सरकारले सबै तहका कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवाका सबै कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्को आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  बैठकले नेपाल सरकारका सहसचिव गोविन्द प्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा पदस्थापन गरेको बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले  हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, सैनिक सेवा तेस्रो संशोधन नियमावली, २०७८ लाई छलफलका लागि मन्त्रीपरिषद्को सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता मन्त्री कार्कीले सरकारले परराष्ट्र सेवाका ३ जना उपसचिवलाई राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा गरेको बताउनुभयो । मन्त्रीपरिषद् उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button