तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ८९ जनामा कोरोना संङ्क्रमण पुष्टि

पाल्पा । पाल्पामा सोमवार थप ८९ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा प्राप्त नतिजा अनुसार एन्टिजेन परीक्षणमा ७२ जना र पिसिआर परीक्षणमा १५ जना गरी ८९ जना संक्रमित थपिएको हुन् ।

यससँगै पाल्पामा कोरोना परीक्षण भएर संक्रमित देखिनेको संख्या ८ हजार ८ सय ४ पुगेको छ ।


स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओम प्रकाश पन्थीका अनुसार ५३ जनाको पिसिआर र २ सय ८९ जनाको एन्टिजेन गरी ३ सय ४२ जनाको परीक्षणमा ८९ जना संक्रमित थपिएका हुन् ।

पाल्पामा अहिले ४ सय ८२ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् जसमा ४ सय १३ जना होम आइसोलेशनमा, ३१ जना एचडियूमा, ३४ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।

पाल्पामा अहिलेसम्म १ सय २८ जना कोरोना संक्रमितहरुको निधन भइसकेको छ भने ८ हजार १ सय ९४ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरुको कुल संख्या ८ हजार ८ सय ४ पुगेको कार्यालयले जनाएको छ ।

यस्तै थप ३० जना निको भएर घर फिर्ता भएका छन् । १९ जना महिला र ११ जना पुरुष गरी थप ३० जना घर फिर्ता भएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button