धनकुटामा २९ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा आज २९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमित सङ्ख्या २ सय ७ पुगेको छ ।
अहिले सम्म होम आइसोलेसनमा १ सय ८४ ,संस्थागत आइसोलेसन १० र जिल्ला अस्पतालको आइसोलेसनमा १३ जना उपचाररत रहेका छन् । त्यस्तै गरी आज १६ जना निको भए सँगै निको हुने सङ्ख्या जिल्लामा २ हजार ३ सय २० पुगेको छ । जिल्लामा संक्रमण भई मृत्यु हुने १२ जना, जिल्लामा संक्रमित भई बाहिर जिल्ला उपचारको क्रममा मृत्यु हुने १७ जना र स्थायी ठेगाना धनकुटा भई बाहिर जिल्ला बसोबास गर्ने क्रममा संक्रमण भई मृत्यु हुने १० गरी जम्मा कोरोना संक्रमण कारण मृत्यु हुने सङ्ख्या २९ पुगेको जिल्ला प्रशासन कार्यालय धनकुटाको नियमित कोरोना भाइरस संक्रमण अवस्था तथ्याङ्कमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्