विदेश जानेलाई तनहुँमा साउन २७ मा जोन्सन खोप लगाइने

तनहुँ । तत्काल विदेश जान पर्ने नागरिकलाई लक्षित गरी साउन २७ गते तनहुँको दमौली अस्पतालमा जोन्सन खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय तनहुँले तत्काल विदेश जानका लागि गाउँ/नगरपालिकामा नाम टिपाएका नागरिकलाई साउन २७ गते जोन्सन खोप दिन लागेको हो ।
विदेश जानेले खोप लगाउन नागरिकता, भिसा, पासपोर्ट ल्याउनुपर्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्