दोधाराचांदनीको वडुवाल टोलमा हात्ती आतङ्क

कञ्चनपुर । दोधारा चादनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तु बिच द्वन्द्व चलिरहेको छ । हात्तीको हुल बर्सेनि आउँदै गर्दा केही महिना अघि मात्रै सङ्घीय सरकारको बजेटले बडवाल टोलमा सोलर लाइट जडान गरिएको हो । बडवाल टोलवासीले सोलर लाइटको उज्यालोको कारण हात्ती बस्तीमा पसेको थाहा पाउँछन् ।
विगतका दिनहरूमा हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन भाग्नु पर्ने बाध्यता थियो । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जङ्गली हात्तीको बथान बस्तीमा पस्दै आएको छ । यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरूले बताउँदै आएका छन् । बडवाल टोल सँगै जोडिएको भारतीय जङ्गलबाट रातीको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि सताएको छ ।
घर नजिक भारतीय जङ्गलमा वन्यजन्तुको आवाजले उनी मात्रै हैन, बडवाल टोल बासी त्रसित बन्दै आएका छन् । भारत सँग जोडिएका दोधारा चादनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाउ बस्तीहरूमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहँदै आएका छन् । नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्वन्द्व सुरु भइरहेको छ । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठुलो हुल रातीको समयमा पस्छ ।
दर्जनौँ किसानहरूले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ । विगत लामो समय देखि बडवाल टोलवासीको हात्तीको त्रासद्धिबाट आजित छन् । यस वर्षमा झन्डै एक महिना देखि रातीको समयमा हात्तीको बथानले बडवाल टोलमा किसानहरूको वाली खाएर त्रासद्धि मच्चाउदै आएको छ । हात्ती धपाउन रातीको समयमा स्थानीयहरू जाग्राम बस्दै आएका छन् ।
गए राती एक दर्जन भन्दा बढी किसानले लगाएको धान तथा मकै जङ्गली हात्तीले खाएर नष्ट गरेको स्थानीयहरूले बताएका छन् । रातीको समयमा हुल बाधेर आएको हात्तीले एक क्षणमा वाली खाएर नष्ट गर्दा किसानहरूलाई वर्ष भरी खानाको समस्या खेप्दै आएका छन् । दोधारा चादनी नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरिसकेको छ ।
तर दोधारा चादनी नगरपालिका वडा नं. ३ बडवाल टोलका हात्ती पीडितहरूलाई बर्सेनि जङ्गली हात्तीले उनीहरूको अन्नबाली खाएर नष्ट गर्दा समेत राहत नपाएको गुनासो छ । २०५५ सालमा दोधारा चादनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा वन्यजन्तुबाट जीउ धनको सुरक्षा सँगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो ।
वन्यजन्तु संरक्षण सँगै आय–आर्जन कार्यक्रमबाट खुसी हुनेमा सर्वसाधारण विश्वस्त थिए । तर मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि वन्यजन्तुले गर्दै आएको क्षतिको विषयमा सरोकारवालाले स्थानीय किसानहरू खासै राहत तथा क्षतिपूर्ति नदिएको उनीहरूको गुनासो गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्