तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षित वन्यजन्तु जीवित भैंसेगोहोरो सहित ३ जना पक्राउ

काठमाडौं।ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट संरक्षित वन्यजन्तु जस्तो देखिने जीवित भैंसेगोहोरो सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 उनीहरूलाई आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button