कास्कीमा धान रोपाई सकियो , २० वर्षमा १५ सय हेक्टर धान खेत घट्यो

पोखरा । कास्कीमा धान रोपाई सकिएको छ । यो वर्ष ९७ प्रतिशत धान रोपाई भएको हो । पछिल्लो समय कोरोना र लकडाउनले विगत धेरै वर्ष देखि वाजो रहेका खेतमा समेत यो वर्ष धान खेती भएको कृषि ज्ञान केन्द्र कास्कीले जनाएको छ ।
नेपालमा नै प्रख्यात रहेको पोखरेली जेठो बुढो धान खेती पोखरा महानगरपालिकाकाको ११ हजार २०० सय हेक्टर जमिनको ४० प्रतिशत भागमा जेठो बुढो धान लगाएको वरिष्ठ बागवानी विकास अधिकृत मनोहर कडरीयाले बताउनु भयो । पोखरामा धान खेती राम्रो हुने भएकाले प्राय सबै ठाउँमा धान उत्पादनमा लागको देखिन्छ ।
वि.स.२०६३ सालमा नेपाल सरकारले सिफारिस गरेको जेठो बुढो न्यूनतम मूल्य समेत सरकारले तोकिदिएको छ । अहिले बजारमा एक क्विन्टल जेठो बुढो धानको मूल्य ९ हजार सम्म पर्ने गरेको छ ।
पोखरेली जेठो बुढो धान बारे कडरीया भन्नु हुन्छ “ पोखराको फेवा फाँट,हेम्जा,शिशुवा आर्वा , पामे ,ठुलाखेत क्षेत्रमा बढी जेठो बुढो लगाइएको छ केही वर्ष अगाडी स्थानीहरूले हाइब्रिड खालको धान लगाएको देखिन्छ तर ,त्यसको स्वाद र बजार भाउका कारण पछिल्लो समय किसानहरू जेठो बुढो धान खेती तर्फ आकर्षण बढेको बताउनु हुन्छ ।
गएको वर्ष देखि कास्कीमा धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ । लकडाउन र समयमानै पानी परेका कारण धान खेती अहिले पनि बढ्ने कडरीया बताउनु हुन्छ ।
महाशाखाले पोखराका विभिन्न ठाउँमा यस वर्ष १५०० केजी उन्नत जातको बिउँ वितरण गरेको थियो । तर सबै उपभोत्ताहरुले गुणस्तरीय बिउँ प्राप्त गर्न नसकेको भन्दै बिउँ उत्पादन गर्ने केही कृषक र सहकारी मात्र रहेकोले समस्या रहेको छ । पोखराका तालहरू नजिक रहेको खेतहरूमा पानी निरन्तर वहने र चिसो ठाउँमा जेठो बुढो धानको लागी बगिरहने पानी आवश्यक पर्ने भएकोले यो धान खेती प्रायजसो ताल र खोलाहरूकै छेउ छाउमा लगाउने गरिन्छ ।
पोखरा महानगरपालिको १९०.५८ वर्ग किलोमिटर जग्गा खेतीको लागी योग्य रहेको छ तर , पछिल्लो समय शहरीकरण वढ्नेक्रम वृद्धि भए सँगै वार्षिक सयै हेक्टर खेती योग्य जग्गामा कंक्रीटका घर निमार्ण हुन थालेका छन् । २० वर्षको प्रक्षेपण गरेको महाशाखाले यो अवधिमा जेठो बुढो लगाउने १५ सय हेक्टर जग्गा घटेको देखिएको कडरीयाले बताउनुभयो ।
कास्कीका ५ स्थानीय तहमा धान खेती गरिन्छ । कास्कीको सबैभन्दा धेरै धान जेठो बुढो धान ,स्थानीय एक्ले ,पहेले ,वौलाहा अनदी ,झिनुवा लगायत धान लगाउने गरिएको छ ।
“धान खेती गर्ने किसानहरूले धानको बिउँ प्राप्त नपाउनु , धान खेतीमा धानको बिरुवाको फेद कुहिने रोगको समस्या र धानमा गवारो लागेको देखिएको ” कृषि ज्ञान केन्द्र कृषि प्रसार अधिकृत विना पराजुली बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्