नौ सय मिटर सडक सफा गरे हेलम्बु दुवाचौर मेलम्ची बस चल्ने

सिन्धुपाल्चोक । करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।
साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बु देखि मेलम्ची सम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयलाई आवतजावतमा निकै समस्या परेको छ । बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बु , बरुवा,शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
वैकल्पिक रुपमा रहेको किउल ,पाल्चोक ,दुवाचौर ,मेलम्ची सडकको २ ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ । हेलम्बु–२ का वसन्त रिमाल यो बाटो सञ्चालनमा आए खाद्म सामाग्री ल्याउन सहज हुने बताउनुहुन्छ ।
बाढीले पुल बगाएपछि हेलम्बु र आमा ह्योल्मोका केही बस र केही ट्रक किउल , पाल्चोक र दुवाचौरमा रहेका छन् । बाटो सञ्चालनमा आए हेलम्बु ,पाल्चोक, मेलम्ची ,दुवाचौर,बाँस खर्क ,बरुवा बस चल्ने छन् ।
मेलम्ची ८का स्थानीय अरुण लामा स्थानीय सरकारले ध्यान नदिँदा बाटो सफा नभएको गुनासो गर्नुहुन्छ ।मेलम्ची ७ को विचारीचौरमा ९०० मिटर र सेल्लेमा ५० मिटर बाटो हिलाम्मे रहेकाले मोटर साइकलमा समेत यात्रा गर्न कठिन रहेको छ ।
हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हाली सकेको अब मेलम्ची नगरपालिकाले २ ठाउँमा ग्राबेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो ।मेलम्ची ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले ४ लाख नगरले बजेट विनियोजन गरेको र मङ्गलवार बाट काम सुरु हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्