पहिरोबाट विस्थापितहरूलाई अस्थायी आवास हस्तान्तरण

सिन्धुपाल्चोक | सिन्धुपाल्चोक जुगल गाउँपालिकाका पहिरो प्रभावित ३१ परिवारलाई अस्थायी आवास हस्तान्तरण गरिएको छ ।
जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिरोबाट विस्थापित २ सय ९ परिवारमध्ये ३१ घरपरिवारलाई आज अस्थायी आवास हस्तान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अरुण पोखरेले जानकारी दिनुभयो ।
नेपाली सेना गोरख बक्स गणले ७८ लाख २८ हजार ७५३ रुपैयाँको लागतमा निर्माण गरेका दुई कोठे अस्थायी आवास हस्तान्तरण गरी मेलम्ची र गत वर्ष बाह्रबिसेको नागपुजे पहिरो प्रभावितहरूका लागि पनि अस्थायी आवास निर्माण प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
गत वर्ष लिदी बस्तीमा पहिरोमा परी ३९ जनाले ज्यान गुमाएका थिए ।







प्रतिक्रिया राख्नुहोस्