तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा बाल कोभिड अस्पताल निर्माण हुँदै


कञ्चनपुर ।  कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने भएको छ । 

तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालू आर्थिक वर्ष २०७८/०७९ मा अस्पताल निर्माण गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिशु, बालबालिका उपचारका लागि ५० बेडको अस्पताल सञ्चालन हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभएको छ ।
झन्डै ९० लाखमा जेभी निर्माण सेवाले ५ असोजभित्रै भवन निर्माण गरिसक्ने सम्झौता गरेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button