तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट चितवनमा आज एकै दिन ६ जनाको मृत्यु

चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट एकै दिन ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।

मृतकहरू मध्ये चितवनका तीन जना, धादिङको एक जना, तनहुँको एक जना र नवलपरासीको एक जना रहेका छन् । 

त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका २ सय ६० जना बिरामी रहेका छन् । जसमध्ये आइसियुमा ९६ जना, भेन्टिलेटरमा ३२ जना, एचडीयूमा ५३ जना र जनरल बेडमा १११ जना रहेका छन् ।

चितवनमा विगत २४ घण्टामा २४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button