तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ‘नेपाल मास्क अभियान’ आजदेखि सुरु


भद्रपुर, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आजदेखि ’नेपाल मास्क अभियान’ सुरु गरेको छ । 

सरकारले शनिवारदेखि ’नेपाल मास्क अभियान’ सुरु गरेसँगै झापामा पनि मास्क अभियान सुरु गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान सञ्चालन गरेको छ । 

कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्त्व बुझाउन झापामा पनि अभियान सुरु गरिएको झापा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईँले बताउनुभयो । 

अभियानअन्तर्गत आज बिर्तामोडस्थित पश्चिम बसस्टेण्ड छेउमा गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले तपाईँको मास्क खै ?, मास्क सही तरिकाले लगाउनुभयो ? हिँडडुल गर्दा मास्क लगाऔँ’ जस्ता प्लेकार्ड र ब्यानरसहित सचेतनामूलक कार्यक्रम गरियो भने मास्क नलगाउनेलाई मास्क वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button