निजगढको लाल खोलामा झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय खुसी

बारा । बाराको निजगढ नगरपालिका वडा नं. १० स्थित लाल खोलामा झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयहरू खुसी भएका छन् ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालले एक कार्यक्रमका बीच झोलुङ्गे पुलको उद्घाटन गर्नुभएसँगै सञ्चालनमा आएको हो ।
निजगढ नगरपालिका, ट्रायल ब्रिज सपोर्ट युनिट हेल्भेटास र आदर्श जनसेवा युवा क्लब बिरगंजको सहयोगमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको नगर प्रमुख खनालले जानकारी दिनुभयो ।

पुल सञ्चालनमा आएपछि पाँच हजारभन्दा बढी स्थानीय बासिन्दाहरू भएका छन्
पुल नहुँदा वर्षातको समयमा यस क्षेत्रका बासिन्दाहरू सास्ती खेप्न बाध्य थिए ।
१ करोड १६ लाख रुपैयाँको लागतमा निर्मित झोलुङ्गे पुलको लम्बाई १ सय १९ मिटर रहेको लाल खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर मोक्तानले जानकारी दिनुभयो ।

५ फिट चौडाइ रहेको उक्त झोलुङ्गे पुलमा साना यात्रुवाहक सवारीसाधन आवतजावत गर्न सक्ने निजगढ नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्