धनुषामा सोमबारदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदै

जनकपुरधाम । कोरोना महामारी विरुद्धको भेरोसेल खोप भोलि(सोमबार)देखि धनुषा जिल्लाको सबै पालिकामा एकसाथ सुरु सुरु गरिने भएको छ ।
कोरोना महामारीबाट आम नागरिकलाई जोगाउनका लागि खोप कार्यक्रम नै महत्त्वपूर्ण माध्यम भएकाले नेपाल सरकारले देशभरि नै खोप कार्यक्रममा तीव्रता दिने नीति लिएअनुसार धनुषामा भोलि (सोमबार)देखि भेरोसेल खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख सुरेश यादवले जानकारी दिनुभयो ।
२५, २६ र २७ गते गरेर तीन दिन जिल्लाका १८ वटै पालिकामा खोप कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको थप केही ठाउँहरूमा खोप केन्द्र सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
नियमित खोप केन्द्रका अतिरिक्त जिल्ला समन्वय समिति, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जानकी यातायात प्रालिको कार्यालयमा खोप केन्द्र स्थापना गरिइएको छ ।
भोलि (सोमबार)देखि सुरु हुन लागेको खोप ५४ वर्षभन्दा माथिको नागरिक, छुटेको स्वास्थ्यकर्मी, सफाइकर्मी, अति आवश्यक सेवाका कर्मचारी, शिक्षकहरूलाई पनि खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्