तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु

सप्तरी । सप्तरीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनामा ट्याङ्करको ठक्करबाट बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले शनिवार राती ९ः०० बजे ठक्कर दिएको थियो ।

उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्‍याउनासाथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

ट्याङ्करसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button