तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रण, बालबालिकाको शिक्षामा पहुँच लगायतका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले कोरोना महामारीको नियन्त्रण, बालबालिकाको शिक्षामा पहुँच, बाढी पहिरोले निम्त्याएको विपत्ति र त्यसको दीर्घकालीन समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसद बामदेव गौतमले प्रत्येक परिवारका सदस्यलाई रोजगारी दिने हो भने भूमिहीन समस्या समाधान हुने बताउनुभयो । 

सांसद गौतमले व्यक्तिको भूमिलाई सरकारले किनेर लिजमा दिनुपर्ने उल्लेख गर्नुहुँदै व्यक्तिगत स्वामित्वमा जमिन रहेसम्म सुकुम्वासी समस्या नहट्ने बताउनुभयो । 

सांसद अनिता देवकोटाले कोभिडबाट शैक्षिक संस्था अस्तव्यस्त भएकाले शिक्षा प्रणाली चुस्त दुरुस्त बनाई शिक्षा सबै विद्यार्थीको पहुँचमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा संसदीय पद्धतिलाई बलियो बनाउन सरकार स्पष्ट बन्नुपर्ने, मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ गर्न नहुने, बाढी र पहिरोका कारण देशका धेरै भागका नागरिक त्रासमा बाच्नु परिरहेकाले उनीहरूको सुरक्षाका लागि विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यस्तै कोरोना महामारीको नियन्त्रण गर्नुपर्ने, खोपको प्रभावकारी प्रबन्ध र व्यवस्थापन गर्नुपर्नेमा पनि सासंदहरुले जोड दिनुभयो ।

सांसदहरुले संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूलाई छलफलमा ल्याउनसमेत ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button