तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये बर्दियाका ३ जना, बाँके, दाङ र मुगुका २/२ जना र रुकुमका १ जना छन् ।

भेरी अस्पताल परीक्षणमा २ जना, मेडिकल कलेज कोहलपुरमा ५ जना र बागेश्वरी ल्याबमा ३ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।

आज ७ जना डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार ७ सय १९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ८६ जना निको भई डिस्चार्ज भएका छन् ।  संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ । 

जिल्लामा १३१ जना सक्रिय संक्रमित रहँदा ३० जना अस्पताल र आइसोलेसनमा छन् भने १२० जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button