चौतारा अस्पतालमा पिसिआर मेसिन आइपुग्यो

सिन्धुपाल्चोक । जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा पिसिआर मेसिन आइपुगेको छ ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला अस्पताल चौतारामा आज पीसीआर मेसिन आइपुगेको हो ।
जिल्ला अस्पतालमा पिसिआर मेसिन जडानपछि स्वाब परीक्षणका लागि धुलिखेल आउनुपर्ने बाध्यता हटेको छ ।
चौतारा अस्पतालमा पिसीआर मेसिन जडान गर्न प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले विशेष पहल गर्नु भएको हो ।
जिल्लामा पिसिआर मेसिन नहुँदा रिपोर्ट आउन निकै दिनसम्म समय कुर्नुपर्ने अवस्था थियो ।
त्यस्तै मन्त्री नेपालकै पहलमा राख्न लागिएको अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुगिसकेको छ । अक्सिजन प्लाण्ट छिट्टै चौतारा अस्पताल पुर्याएर जडान गरी सञ्चालनमा ल्याइने मन्त्री नेपालको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्