सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै, रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ । सरकारले आज साँझ ४ः०० बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
जसका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल भएको थियो ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरू सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाउनुभएको थियो ।
साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्