तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा खहरे खोलाले बगाउँदा बालकको मृत्यु, आमा घाइते

सल्यान । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –४ जुरढुंगाका अन्दाजी १२ वर्षीय ओमकार ओलीको मृत्यु भएको हो ।

शनिबार साँझ गोठालोबाट घर फर्किने क्रममा चोरपाटा खोलाको गोगनपानीमा आएको खहरे खोलाले बालकलाई बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुभयो । खहरे खोलाले आमा दिलसरा ओली घाइते भएकी छन् ।

उनको कोवाङ्ग झिम्पे स्वास्थ्य चौकी जयचौरमा उपचार पछि घर फर्किएकी छन् । खहरे खोलाले बगाउँदा बालकको शव चार सय मिटर तल फेला परेको उनको भनाई छ । शवको पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button