तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा १० दिनका लागि निषेधाज्ञा थप

मान्मा । कालिकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । 


जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । 


उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । 


कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button