तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक युवकको मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का रञ्जन आचार्य रहेका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह सांँढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा आचार्य डुबेका थिए ।

डुबेको थाहा पाए लगतै उनीसँग गएका साथीहरुले उनको उद्धार गरी उपचारको लागि पुरानो मेडिकल कलेज पठाएको थियो ।

उनको उपचारको क्रममा दिउसो सवा ४ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button