तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा दोस्रो चरणको भेरोसिल खोप लगाउने तयारी

रोल्पा । रोल्पामा कोभिड १९ रोग रोकथाम तथा नियन्त्रणको लागी दोस्रो चरणको भेरोसिल खोप लगाउने तयारी भएको छ । 


जिल्लाको १० स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी  र आधारभूत स्वास्थ्य केन्द्रहरूबाट पहिलो चरणको भेरोसिल खोप लगाएका नागरिकलाई २१ दिन पुरा भएपछि लगाइने दोस्रो चरणको कोभिड १९ विरुद्धको भेरोसिल खोप साउन २५ र २९ गते लगाइने भएको छ ।


साउन २५ गते रोल्पा नगरपालिका, माडी, थवाङ, गङ्गादेव, त्रिवेणि र रुण्टीगढी गाउँपालिका तथा २९ गते शुनिलस्मृति, सुनछहरी, लुङ्ग्री र परिवर्तन गाउँपालिकाका नागरिकहरूलाई दोस्रो चरणको भेरोसिल खोप लगाइने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button